Logo

नेकपाको बैठकमै नेतालाई सामन्ती भनेपछि….



कखरा संवाददाता


१६ माघ, काठमाडौं । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय कमिटी बैठकमा नेताहरुको सम्पति छानविन गर्न माग गरिएको छ ।

बैठकमा केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र राजेन्द्र राईले नेताहरुको सम्पति छानविन गर्न माग गर्नुभएको हो। केन्द्रीय सदस्य खतिवडा र राईले बैठकबाट अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको तस्बिर हटाउन समेत माग गर्नुभयो ।

बैठकमा कसैलाई बोल्न नदिने भनिएता पनि केन्द्रीयद्वय सदस्य खतिवडा र राईले हात उठाएरै कार्यकर्तालाई आचारसंहिता लगाउने नेताहरुको प्रतुतिचाँही सामान्ती भएको भन्दै सम्पति छानविन र आर्थिक पारदर्शिताको विषय बनाउन माग गर्नुभयो ।

‘नेताहरुको अवस्था हेर्ने हो भने कुनै सामान्ती शासक भन्दा कम छैन, कम्युनिष्ट नेताहरु हरेक कुरामा पारदर्शी हुनुपर्छ, कार्यकर्तालाई आचारसंहिता लगाएर पेल्दा आफ्नो अवस्थाबारे ध्यान दिने कि नदिने रु अब नेताहरुको सम्पति छानविन गरौँ ’ खतिवडालाई उद्त गर्दै एक नेताले भन्नुभयो । नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्