Logo

सभामुख सापकोटाविरुद्धको मुद्दामा एक्सन : सर्वोच्चले गृहलाई सोध्यो– अनुसन्धान कहाँ पुग्यो ?



कखरा संवाददाता


१५ माघ, काठमाडौं । सर्वोच्च अदालतले सभामु्ख अग्नि सापकोटाविरुद्ध काभ्रे प्रहरीमा कर्तव्यजन सम्बन्धी मुद्दा परेपछि भएको अनुसन्धानको प्रगतिबारे एक महिनाभित्र पववरण्न पेश गर्न गृहमन्त्रालयका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सापकोटा लगायतविरुद्ध कर्तव्य ज्यान किटानी जाहेरीको अनुसन्धान र सर्वोच्चको आदेश पालना कार्यान्वयन सम्बन्धी विवरण ३० दिनभित्र पेश गर्न आदेश दिएको हो ।

सर्वोच्चले सभामु्खमा निर्वाचित सापकोटाविरुद्ध कुनै अदालतबाट अभियोग प्रमाणित भइनसकेकोले कामकाज निषेध गर्न कानुनसंगत नहुने भन्दै अन्तरिम आदेश जारी गरेन । ‘नेपालको प्रचलित कानुनले स्पष्ट निषेध गरे बाहेक जाहेरी दरखास्तमा समावेश भएको आधारमा अनुन्धानको पूर्णता पाइनसकेकाले अदालतबाट सार्वजनिक पद अनुसार कामकाज निषेध गर्न कानुनसंगत देखिँदैन’ आदेशमा भनिएको छ ।

सर्वोच्चले २०६८ सालमा सापकोटाविरुद्ध परेकने रिटमा कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान गर्दा असहयोग भएमा त्यसको विवरण समेत महान्याधिवक्ता कार्यालयमार्फत पेश गर्न अन्तरिम आदेश दिएकने थियो । आदेश भएको ८ वर्षसम्म पनि कुनै विवरण सर्वोच्च्मा पेश हुन सकेको छैन । नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्