Logo

बाबुरामको प्रस्ताव : सभामुखलाई प्रधानमन्त्रीभन्दा माथि राखौँ



कखरा संवाददाता


१५ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद डा। बाबुराम भट्टराईले राज्यको वरियदाक्रममा सभामुखलाई प्रधानमन्त्री भन्दा माथि राख्न प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री भट्टराईले मंगलबार प्रतिनिधिसभामा बोल्दै त्यस्तो प्रस्ताव राख्नु भएको हो । रान्यको वरिदाक्रममा सभामुखलाई प्रधानमन्त्री र प्रधानन्याधीशपछि राख्ने गरिएको छ । भट्टराईले त्यो वरियादा नमिलेको टिप्पणी गर्नुभयो ।

‘राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा सभामुख आउनुपर्ने सभामुख हो, तर दुर्भाग्य हामीले अरुको देखासिकी गरेर कार्यकारणीलाई अगाडि राख्यौँ’ संसदमा उहाँले भन्नुभयो, ‘कानुन नीति निर्माण हुने थलो प्रतिनिधिसभा हो, त्यसको नेता सभामुख । कानुन संसदले बनाउँछ, सरकारले त्यसलाई कार्यान्वयन गर्ने हो । कानुन कार्यान्वयन गर्ने भन्दा बनाउने माथि हुनुपर्छ तर अहिले कानुन बनाउने भन्दा त्यसको कार्यान्वयन गर्नेलाई अगाडि राखिएको छ ।’

पूर्व प्रधानमन्त्री भट्टराईले सभमुखलाई प्रधानमन्त्रीपछि राख्दा लोकतन्त्रको गरिमा अवमुल्यन हुने उल्लेख गर्नुभयो । न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने ऐन कानुनको व्याख्या गर्छ त्यसका प्रमुख पनि व्यवस्थापिका प्रमुख भन्दा माथि राखेर लोकतन्त्रको गरिमालाई अवमुल्यन गरिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘सदनमा यो विषयमा पनि छलफल हुनुपर्छ । यसमा ध्यान पुगोस् ।’

प्रतिक्रिया दिनुहोस्