Logo

पत्रकारलाई लाइसेन्स अनिवार्य !



कखरा संवाददाता


१४ माघ, काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सोमबार ‘नयाँ पत्रकारले लाइसेन्स लिनुपर्ने’ प्रावधानसहित यो विधेयक पारित गरेको हो ।

विधेयकको दफा १७ मा पत्रकारले लाइसेन्स परीक्षा दर्ता तथा अभिलेखसम्बन्धी प्रावधान राखिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद ठगेन्द्र प्रकाश पुरीसहितले यो प्रस्ताव राखेका थिए । समितिमा भएको सहमतिअनुसार पत्रकारको रुपमा काम गर्न चाहने व्यक्तिले लाइसेन्स परीक्षामा सहभागी हुनुपर्ने र यसको सामान्य व्यावसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोकेअनुसार हुनेछ ।

यो विधेयक तयार हुनुअघि नै कार्यरत पत्रकारले भने लाइसेन्स दिनु नपर्ने व्यवस्थासमेत विधेयकमा गरिएको छ । पत्रकारितासम्बन्धी पाठ्यक्रम काउन्सिलले तयार पानुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो । अन्नपूर्ण पोस्ट् दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्