Logo

मिडिया काउन्सिल विधेयकबाट दण्ड–जरिवाना हटाइयो



कखरा संवाददाता


१४ माघ, काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमा रहेको ‘काउन्सिलले दण्ड जरिवाना गर्नसक्ने’ प्रावधान हटाएको छ ।

विधेयक प्रस्तुतकर्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासहितको उपस्थितमा सोमबार बसेको समितिको बैठकले त्यस्तो प्रावधान हटाएको हो ।

विधेयकमा आचारसंहिता विपरीत प्रकाशित तथा प्रसारित सामाग्रीबाट कसैको मर्यादा र प्रतिष्ठामा आँच पुगे काउन्सिलले आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, संवाददातालाई २५ हजार देखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान राखिएको थियो । कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्