Logo

पाथीभराको ३१७ रोपनी सित्तैमा यतीलाई



कखरा संवाददाता


१४ माघ, काठमाडौं । सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैर कानुनी रुपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको ३ सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षको लागि सित्तैमा लिएको छ ।

यती समूहले काठमाडौको गोकर्णको २७ सय ९२ रोपनी जग्गा पनि कौडीको भाउमा लिइसकेको छ । विराटनगरका पूर्व मयेर धु्रवनारायण श्रेष्ले पाथीभराकोमा केवलकार सञ्चालन गर्न कम्पनी दर्ता गरेका थिए । आफ्नो नाममा रहेको ९५ रोपनी जग्गामा ‘बेस स्टेशन’ बनाउने तयारी गरेका उनले केवलका पोल राख्ने र माथिल्लो स्टेशन बनाउने जग्गा उपभोग गर्न सरकारबाट अनुमति पाउन सकेका थिएनन् । यहीबीच विभिन्न व्यापारी हुँदै यती समूह छिरेपछि फाइल अगाडि बढेको हो । यती समूहले केवलबार सञ्चालन अनुमति मात्र पाएकने छौ, ३ सय १७ रोपनी सरकारी जग्गा सित्तैमा लिएको छ ।

पाथीभराको सरकारी जग्गा यतीलाई दिने योजनाका साथ पुष्प बरुवाललाई पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनाइएको थियो । प्रधानमन्त्री केपी ओली २०५१ सालमा गृहमन्त्री हुँदा बरुवाल स्वकीय सचिव थिए । यती समूहले सञ्चालन गर्ने केवलकारमा बरुवाललाई पनि संचालक बनाएको छ ।

पाथीभराको सरकारी जग्गा सित्तैमा लिएर केवलकार सञ्चालन गर्न पाउने भएपछि यती समूहका तत्कालीन प्रबन्धक निर्देशक आङछिरिङ शेर्पाले गत वर्ष फागुन १५ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पाथीभरा दर्शनमा लगेका थिए । तर दुर्भायवश उनीहरुकने त्यही दिन हेलिकप्टर दुर्घटनामा त्यही ठाउँमा निधन भयो । नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्