Logo

एनआरएनको दोस्रो विज्ञ सम्मेलन धुलिखेलमा हुने



कखरा संवाददाता


११ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को दोश्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोवरमा हुने भएको छ । एनआरएनएका महासचिव डा. हेम राज शर्माका अनुसार सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो ।

पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ महङ्गो दर्ता शुल्क भएको आलोचना भए पछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको हो । काठमाडौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास डा. शर्माको छ ।

यसै बीच संघको एक टोलीले बुधबार काठमाडौं विश्वविद्यालयका उपकुलपति, डीनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसँग छलफल गरेको छ । संघका पदाधिकारीसहित काठमाडौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धिमूलक बनाउन घनिभूत छलफल भएको महासचिव डा. शर्माले जनाए ।

संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ लगायतको उपस्थिती थियो । यसअघि संघले एनआरएन विज्ञ सम्मेलनबारे परराष्ट्र मन्त्रालयलगायत नेपाल सरकारका उच्च अधिकारीसँग छलफल गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्