Logo

गज्जब क्रुले बनायो ‘मेरी पुतली’



कखरा संवाददाता


११ माघ, काठमाडौं । चर्चित गायिका मेलिना राई र हिमाल सागरको स्वर रहेको गीत ‘मेरी पुतली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दीपक शर्माको संगीत, घनश्याम ओलीको शब्द रहेको गीतको भिडियोमा सहिन प्रजापति, कुशल विष्ट, जिवेश सिंह गुरुङ, सुनिसा बजगाईं, सरोज ओलीको अभिनय देख्न सकिन्छ ।

‘गज्जब क्रु’को पहिलो प्रस्तुतिको रुपमा निर्माण भएको म्युजिक भिडियो सहिन प्रजापतिले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन र रेनिश फागोको रंग संयोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्