Logo

थुनामा राख्ने आदेशपछि भारत छिरे ‘सिद्धबाबा’



कखरा संवाददाता


१० माघ, काठमाडौं । अनुयायीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक सिद्धबाबा भनिने ४५ वर्षीय कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न विराटनगर उच्च अदालतले आदेश दिएको छ । पीडित भनिएकी महिलाका तर्फबाट परेको निवेदनमा सुनुवाइ गर्दै अदालतले बिहीबार यस्तो आदेश दिएको हो ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमबहादुर कार्कीको इजलासले फौजदारी संहिता ०७४ कोे दफा ६७ को उपदफा १ ख बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । अदालतले अनुचित ढंगले आरोपितलाई अस्पतालमा नराख्नसमेत आदेश गरेको छ । अदालतमा सुनुवाई भइहरेकै बेला उनी बिहीबार जोगबेनी नाका हुँदै भारततर्फ भागेका छन् ।

प्रहरी स्रोतका अनुसार आफ्ना सुरक्षा गार्डलाई जोगबेनी नाकाबाट फर्काएर उनी भारत पसेका थिए । गिरी आफ्ना केही अनुयायीसहित ग१च८१५७ नम्बरको जिपमा भारत गएको प्रहरी स्रोतले जनाएको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्