Logo

पाटीभित्रै मतभेद, सरकारले बढायो एमसीसी



कखरा संवाददाता


९ माघ, काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने–नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामाग्रीको सूची स्वीकृत गरेको छ ।

सूचीमा ७ लाख ५३ हजार अमेरिकी डलर बराबरका सामाग्री, उपकरण र सवारीसाधन छन् । मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौताअनुसार संसद्मा अनुमोदनका लागि दर्ता भएसँगै यो अनुदान सहायतालाई लिएर सत्तारूढ दल नेकपाभित्र तीव्र मतभेद छ ।

पार्टीभित्रै रहेको मतभेदबीच सरकारले एमसीसीअन्तर्गतका परियोजनाका लागि आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ । सन् २०१७ सेप्टेम्बर २० मा भएको सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्टमा एमसीसीका आयोजनाका लागि आयात गरिने वस्तुलाई भन्सार छुट दिने उल्लेख छ । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्