Logo

पासपोर्ट फालेर नेपालमा बसेका अमेरिकी हेनी समातिए



कखरा संवाददाता


८ माघ, काठमाडौं । नेपालीहरु अवैध माध्यमबाट अमेरिका प्रवेशपछि पासपोर्ट फालेर शरणार्थीका रुपमा बस्न खोज्ने प्रवृत्ति नयाँ होइन ।

मेक्सिकाको सीमाबाट त्यसरी अवैध रुपमा छिरेर अमेरिका गएर लुक्ने नेपालीको संख्या ठूलो छ । नेपाली अमेरिका गएर लुक्न मात्र होइन कतिपय अमेरिकीसमेत लुकिछिपी नेपालमा बस्ने गरेको पाइएको छ । पासपोर्ट फालेर यसरी नेपालामा बस्दै आएका एक अमेरिकी नागरिक सोमबार पक्राउ परेका छन् ।

गाँजा खाएर होहल्ला गरेको अवस्थामा अमेरिकी नागरिक हेनी योङलाई पर्यटक प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको छ । उनी अवैध रुपमा नेपालमा बस्दै आएको र पासपार्टसमेत नभेटिएको अध्यागमन विभागका अधिकृत वैकुण्ठ रेग्मीले जानकारी दिनुभयो ।

सन् २०१९ मा नेपालमा भिसाको अवधि सकिएर अवैध रुपमा बस्दै आएका २३ जना अमेरिकी नागरिकलाई सरकारले निष्कासन गरेको छ । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्