Logo

आस्थालाई राजेशपायल राईले भने, ‘धेरै रुन्ची नबन अब ठुली भइसक्यौ’



कखरा संवाददाता


५ माघ, काठमाडौं । गायक राजेशपायल राईले गायिका आस्था राउत र महिला प्रहरीबीच भएको विवादबारेमा बोलेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचको क्रममा भएको विवादपछि आस्थाको चर्को आलोचना भइरहेको अवस्थामा गायक राईले आस्थालाई कलाकारले इज्जत ठाउँमा राख्नुपर्छ भनेका छन् ।

विमानस्थलको टर्मिलनमा प्रहरीले गायिका राउतलाई चेकजाँचका लागि ज्याकेट खोल्न भनेपछि आस्था र प्रहरीबिच भनाभन भएको थियो । आस्थाले त्यही दिन फेसबुकबाट लाइभ गर्दै प्रहरीको व्यवहारप्रति आक्रोश व्यक्त गरेकी थिइन् ।

प्रहरी संगठनलाई गाली गरेर अमर्यादित शब्द प्रयोग गरेको प्रमाणित भए आस्थालाई कारबाही हुने प्रहरीले जनाएको छ । यहीबीचमा आस्थाले रुँदै आफूबाट दुई, चार शब्द गलत बोलिएकोमा रुँदै माफी पनि मागेकी थिइन् ।

गायक राजेश पायल राईले उनलाई रुन्चे नबन भन्दै फेसबुक पेजमा सुझाव दिएका छन् । यस्तो छ उनको सुझाव,

प्रतिक्रिया दिनुहोस्