Logo

म्यानचेस्टर सिटी र टोटनह्यामले जित निकाल्न सकेनन्



कखरा संवाददाता


५ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा म्यानचेस्टर सिटी र टोटनह्यामले जित निकाल्न सकेनन् । दोस्रो स्थानको म्यानचेस्टर सिटी नवौँ स्थानको क्रिष्टल प्यालेससँग् २–२ को बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि सर्जियो अग्युरोले ८२ र ८७ औँ मिनेटमा गोल गरेका हुन् । क्रिष्टल प्यालेसका लागि ३९ औँ मिनेटमा टोसनले गोल गरेका थिए ।

यस्तै ९० औँ मिनेटमा सिटीका फेर्नान्डिन्होले आत्मघाती गोल गरे र प्यालेसले बराबरी गर्न सफल भयो । बराबरीपछि दोस्रो स्थानको सिटीको २३ खेलबाट ४८ अंक भएको छ । दुई खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ ।

यस्तै शनिबार राति नै भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्याम वाट्फोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले गोल गर्न सकेन र गोल पनि खाएन । बराबरीपछि आठौँ स्थानको टोटनह्यामको २३ खेलबाट ३१ अंक भएको छ ।

शनिबार राति नै भएका अरु खेलमा न्युक्यालसले चेल्सीलाई १–०, वुल्भ्सले साउथह्याम्पटनलाई ३–२ तथा नर्विचले बोर्नमाउथलाई १–० ले पराजित गरेको छ । यस्तै वेष्ट ह्याम र एभर्टन, ब्राइटन र एस्टन भिल्ला तथा आर्सनल र शेफिल्ड युनाइटेडले समान १–१ को बराबरी खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्