Logo

राजपाद्वारा मतदाताका लागि ह्वीप जारी (विज्ञप्तिसहित)



कखरा संवाददाता


५ माघ, काठमाडौं ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा निर्वाचनका लागि ह्वीप जारी गरेकाे छ ।

राजपा नेपालकाे शनिबार काठमाडाैंमा बसेकाे बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग भएकाे चुनावी तालमेल अनुसार नै निर्वाचनमा भाग लिएर मतदान गर्न आफ्ना मतदाताका लागि अत्यावश्यक निर्णय (ह्वीप) जारी गरेकाे हाे ।

राष्ट्रियसभाकाे निर्वाभचनका लागि  नेकपा र राजपा बीच भएकाे चुनावी तालमेल अनुसार नेकपाले राजपाका मृगेन्द्र कुमार सिंह र शेखर कुमार सिंहलाई मतदान गर्नुपर्ने छ । त्यस्तै, राजपाले नेकपाका तुलसा दाहाल र राधेश्याम पासवानलाई मतदान गर्नुपर्ने छ ।

राष्ट्रियसभाकाे निर्वाचन माघ ९ गतेका लागि मिति तय गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्