Logo

छोरी–बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने



कखरा संवाददाता


५ माघ, काठमाडौं । विराटनगर–१४ का दुई सडक बनाउन दुई बेग्लाबेग्लै उपभोक्ता समिति बनाइएका छन् ।

नौ सय मिटर र ३ सय ५० मिटर लम्बाइका ती सडक बनाउन गठित उपभोक्ता समितिका पदाधिकारी सोही वडाका कार्यवाहक वडाध्यक्ष महिचन्द यादवका मामाका छोरा बुहारी हुन् । तिनको अनुगमन समिति संयोजकमा भने पदाधिकारीमध्येकै एक जना बाबु छन् ।

३० लाख बजेट रहेको जतुवास्थित सिरु ठाकुरको घरदेखि दक्षिण सरस्वती चोक पूर्वउत्तर पर्ने गोपाल यादवको घरसम्मको ९ सय मिटर सडक निर्माणका लागि गत कात्तिकमा वडाध्यक्ष यादवका मामाका छोरा सुशील यादवको अध्यक्षतामा समिति गठन गरिएको हो । समिति सदस्यमा मामाका अर्का छोरा चन्द्रशेखर यादव छन् ।

उक्त कामको गुणस्तर अनुगमन गर्न गठित समितिमा कार्यवहाक वडाध्यक्ष यादवका मामाकी बुहारी अनिताकुमारी यादव पनि छिन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्