Logo

उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिने



कखरा संवाददाता


१ माघ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बहत् योजना ल्याएको छ । योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् ।

कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडिस्ट्रिन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ । उपत्यकाका १८ पेट्रोल पम् अन्यत्रै सारिनेछ । कोटेश्वर–जडिबुटी चोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिनेछ ।

उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निधेष तथा १२४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्