Logo

चैतबाट प्रतिमिनेट १० पैसामा माेबाइल कल



कखरा संवाददाता


२९ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशन जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको हो ।

गत भदौमा ल्याइएको निर्देशिकालाई संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो ।

अन्तरआबद्धता निर्देशिकाअनुसार एकले अर्कोको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ । सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएका छन् । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्