Logo

शंखमूलमै बन्ने भो विद्युतीय शवदाह गृह



कखरा संवाददाता


२८ पुस, काठमाडाैं । विद्युतीय शवदाह  गृह अब शंखमूलमा पनि बन्ने भएको छ । त्यसको लागि मुआब्जा निर्धारण समिति समेत बनाएर काम थालिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को अध्यक्षमा गठित समितिले सहायक प्रजिअ भेषलाल भुसालको संयोजकत्वमा उपसमिति पनि गठन भएको छ । उपसमितिले मुआब्जा निर्धारण गर्न आवश्यक सबै कागजात जुटाएर मुआब्जा निर्धारणमा समिति चाँडै पेश गर्ने जनाएको छ ।

त्यसका लागि फिल्ड निरीक्षण भइसकेको छ । ‘नापी अधिकृतलाई नक्सा र फिल्डको अवस्थाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन गर्न निर्देशन दिइसकेका छौं’ भुसालले भने । कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्