Logo

नेकपाको निर्णयपछि तुम्बाहाङफे भनिन् –राजीनामा दिन्नँ



कखरा संवाददाता


२७ पुस, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिनुभएको छ । सत्तासीन नेकपाले राजीनामा मागेपछि पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताउनुभएको छ ।

रिक्त सभामुख पद आफूलाई दिने निर्णय नगरी पार्टीले उपसभामुखबाट राजीनामा मागेपछि तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी हुन् । नेकपा सचिवालयको शनिबार बसेको बैठकले सभामुखमा पार्टीले उम्मेदवारी दिनका लागि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउने निर्णय गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार उपसभामुखलाई यथावत् राखेर सभामुख पदमा उम्मदेवारी दिन नमिल्ने तर्कसहित नेकपाले तुम्बाहाङफेको राजीनामा मागेको जनाएको छ ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि कृष्णबहादुर महराले राजीनामा दिएका कारण सभामुख पद रिक्त छ । अन्न्पूर्णले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्