Logo

जिमबाहिर सारालाई फ्यानले चुम्बन गर्न खोजेपछि… (भिडियो भाइरल)



कखरा संवाददाता


२६ पुस, एजेन्सी । बलिउड नायिका सारा अलि खानको एक भिडियो सार्वजनिक भएको छ । भिडियोमा एक प्रशंसकले उनको हातमा चुम्बन गर्न लागेको छन् । मुम्बईको सेलिब्रेटी फोटोग्राफर विरल भयानीले यो भिडियो इंस्टाग्राममा सार्वजनिक गरेका छन् ।

जसमा एक युवकले पहिला हात माग्छन् र त्यसपछि साराको हात चुम्बन गर्ने कोसिस गर्छन् । यस्तो अवस्थामा सारा अतालिन्छिन् र पछि हट्छिन् । यति हुँदै गर्दा उनको बडिगार्ड आएर उनलाई पछि हटाउँछन् । भयानीले भिडियोको क्याप्सनमा लेखेका छन्, ‘साराको एक प्रशंसकले् उनको हात चुम्बन गर्ने कोसिस गरे ।’ हेरौँ भिडियोः

प्रतिक्रिया दिनुहोस्