Logo

दुई मन्त्रीलाई जिम्मेबारी थप



कखरा संवाददाता


२५ पुस, काठमाडौं । वर्तमान मन्त्रिपरिषद्मा जिम्मेबारी थप गरिएकाे छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी थप गर्नु भएको छ ।

गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्