Logo

टेकु पुलको ठेक्का तोडियो



कखरा संवाददाता


२५ पुस, काठमाडौं । टेकुस्थित विष्णुमति पुलको ठेक्का तोडिएको छ । मापदण्डअनुरुप पुल निर्माण नभएको भन्दै सडक डिभिजन काठमाडौंले ठेक्का तोडेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत तत्कालीन दिगो सहरी विकास आयोजनाले चिनियाँ जेटआईईसी –पप्पु जेभीलाई पुल निर्माणको जिम्मा दिइएको थियो । तीन वर्षमा सक्ने गरी २० करोड १३ लाख रुपैयाँमा पुलको ठेक्का लगाएको थियो ।

ठेकेदारले २०७५ भदौमा निर्माण सम्पन्न भइसकेको जनाउँदै २ करोड रुपैयाँ भुक्तानी माग गरेको थियो । ठेकेदारले १३ करोड ९२ लाख रुपैयाँमा मात्र भुक्तानी पाएको छ । तर, डिभिजन कार्यालयले मापदण्डविपरित पुल निर्माण भएको भन्दै भुक्तानी रकम रोकेको थियो ।

पुल असुरक्षित भन्दै पुलमा सवारी साधन गुड्न रोक लगाएको छ । पुलको बिचमा फलामको तारमा ढुंगा राखेर बन्द गरिएको छ । मापदण्डअनुसार निर्माण नगरिएको भन्दै डिभिजन सडक कार्यालयले पुल भत्काएर नयाँ बनाउन निर्देशन दिएको थियो । तर अटेर गरेपछि निर्माणको ठेक्का तोडिएको डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता सुदर्शन कार्कीले जानकारी दिनुभयो । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्