Logo

कति बजेदेखि लाग्दैछ चन्द्रग्रहण ?



कखरा संवाददाता


२५ पुस, काठमाडाैं । शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ ।

‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने ।’

सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ । यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्टेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्