Logo

स्विट्जरल्याण्डबाट तनहुँका विद्यार्थीलाई सहयोग



कखरा संवाददाता


२४ पुस, जुरिच । स्विट्जरल्याण्डबाट तनहुँ आबुखैरेनी गाउँपालिकास्थित तीनवटा प्राथमिक विद्यालयहरुमा सहयोग पुगेको छ । स्विट्जरल्याण्ड निवासी आना क्याप्टेनले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा स्कुल पोशाक खरिदका लागि सहयोग पठाएका हुन् ।

क्यान्सर रोगबाट ग्रसित आनाले बिद्यार्थीहरुमा खुशी छाओस् भन्ने कामानासहित १ हजार स्वीस फ्रान्क सहयोग गरेका थिए । स्विट्जरल्याण्ड निवासी प्रेम भारतीमार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

अन्नपूर्ण आधारभूत बिद्यालय आबुखैरनीका २० जना विद्यार्थी, सातकन्या प्रावि खानीखोलाका १० विद्यार्थी र आँबु आधारभूत विद्यालयका १४ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो । आबुखैरेनी निवासी तनकुमार श्रेष्ठको पहलमा हालै उक्त विद्यालयहरुमा सहयोग हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्