Logo

वामदेवको घरमा ओलीइतरको गोप्य जमघट



कखरा संवाददाता


२४ पुस, काठमाडौं । सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरुको गोप्य जमघट भएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बेठकलाई अर्थपूर्ण मानिएको छ ।

भैँसेपाटीस्थित गौतम निवासमा भएको जमघटमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए । नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन् ।

तर, बुधबार साँझ २ भएको छलफलमा ओली र उनी पक्षधर भनी चिनिएका नेताहरु ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन् । सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन् । छलफल सभामुख चयन र एमसीसीमा केन्द्रीत भएको स्रोतले जनायो । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्