Logo

बलात्कारका अभियुक्त गाउँ फर्केर भोजभतेर गरे, बलात्कृत आँशु बोकर काठमाडौंमा



कखरा संवाददाता


२३ पुस, काठमाडौं । बलात्कारपछि दिल्लीमा बेचिएकी नेपालगञ्जकी २२ वर्षीया अनिशा शर्मा (नाम परिवर्तन) तब झस्किन्, जब उच्च अदालत तुल्सीपुरको नेपालगंज इजलासले जिल्ला अदालत बाँकेको आदेश उत्ट्याएर घटनाका अभियुक्तलाई एक–एक लाख धरौटीमा छोड्ने आदेश दियो ।

आदेश लगत्तै अभियुक्त निजामुधिन साँई र मुबारक नाउ जेलमुक्त भए । उनीहरुले गाउँ फर्केर भोजभतेर गरे । पीडित भने गाउँबाट विस्थापित हुनुपर्यो । निजामुधिन र मुबारकका परिवारले निरन्तर ज्यान मार्ने धम्की दिएपछि उनी उनी माइतीको शरणमा पुगिन् । पीडा भुल्ने कोशिस गरिनन तर सकिनन् ।

माइती पक्षसँग सल्लाह गरिन् । ढाडस् पाएपछि न्यायको लडाइँ लड्न सर्वोच्च अदालतको दैलोमा जाने निर्णयमा पुगिन् । दोषीलाई कानुनी कठघरामा उभ्याउने अठोटसहित ३ दिनअघि उनी नेपालगंजबाट काठमाडौं आएकी छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्