Logo

राजपा नेताको मिटर ब्याजी धन्दा : ५ अर्ब ठगेको भन्दै २ सयले हाले उजुरी



कखरा संवाददाता


२३ पुस, काठमाडौं । झन्डै २ सय गरिब तथा बिपन्न परिवारलाई ऋण दिएर उनीहरुबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादवमाथि गृह मन्त्रालयले छानबिन शुरु गरेको छ । यादव घरजग्गा कारोबारीसमेत हुन् ।

सर्लाही मंगलगवा–१ का रामबाबु यादव र सोनबर्साका सञ्जय शाह रौनियारले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सहीछाप गर्न लगाएर ५ अर्ब बढी ठगी गरेको गुनासोसहित पीडितहरु गृह मन्त्रालय आएपछि मन्त्रालयले छानबिन शुरु गरेको हो ।

उनीहरुले यादव र शाहले विभिन्न बहानामा जालझेल गर्दै करकापमा पारी जग्गासमेत खाइदिएको आरोप लगाएका छन् । तराई क्षेत्रमा पैसावालले चर्को ब्याज (मिटर ब्याज) लगाएर सर्वसाधारण ठग्ने क्रम उच्च छ । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्