Logo

दाजुको कुटाइबाट भाइको मृत्यु



कखरा संवाददाता


२२ पुस, काठमाडौं । सूर्योदय नगरपालिका–१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ ।

दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला पर्नुभएको छ । आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो ।

दाजुले काठको पिरा प्रहारपछि घाइते हुनुभएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि उहाँका छोराले घरमा लगेर सुताउनुभएको थियो । तर बिहान उनी ओछ्यानमै मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्