Logo

एयरपोर्टमा भोलि चीनको दुई विमान, १२२ लाई लगिँदै



कखरा संवाददाता


२२ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय साइबर अपराधको आरोपमा नेपालमा पक्राउ परेका एक सय २२ जना चिनियाँलाई चीनले बुधबार स्वदेश लैजाने भएको छ । दुईवटा चार्टर्ड विमानमार्फत उनीहरुलाई चीनमा लगेर थप अनुसन्धान गर्न लागेको हो ।

पक्राउ परेकाहरुलाई अध्यागमन विभागले निष्कासनको प्रक्रिया अघि बढाइसकेको छ । अभद्र व्यवहार मुद्दामा आइतबार छुटेका उनीहरुलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको थियो ।

पर्यटक भिसाको दुरुपयोग गरेर अपराध गरेकाले उनीहरुलाई जरिवाना गराई निष्कासन गरिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बतानुभयो । पक्राउ परेकामध्ये ३१ जना चिनियाँसँगै मात्र पाटपोर्ट भेटिएको छ । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्