Logo

नेपालमा खेल्न तयार हसिम अमला



कखरा संवाददाता


१९ पुस, काठमाडौं । दक्षिण अफ्रिका क्रिकेटका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमला नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउनसक्ने भएका छन् ।

ईपीएलका एमडी आमिर अख्तरले ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि पूर्व कप्तान अमला नेपाल आउन तयार भएको खेलपाटीलाई जानकारी गराए । ‘हसिम अमला ईपीएल खेल्न तयार छन्,’अख्तरले भने, ‘उनलाई अनुबन्धन गर्न दुई फ्रेन्चाइज टिमले दाबेदारी समेत दिएका छन् ।’

अमला कुन टिमबाट ईपीएल खेल्ने भन्नेबारे भने अहिले तय नभएको अख्तरले बताए । अख्तरले केहि दिनमा अमलाले खेल्ने टिमको तय हुने समेत बताए । यस अघि दक्षिण अफ्रिकाका पूर्व खेलाडी रिचार्ड लेभीले ईपीएल खेलिसकेका छन् ।

ईपीएलले विदेशी खेलाडीको लागि विशेष प्रावधान बनाएसँगै ईपीएलमा ठुला खेलाडीको आगमन हुन लागेको हो । आयोजकले गत संस्करणको ईपीएल पछिका अन्य नेपाली घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएल खेल्न नपाउने नयाँ प्रावधान बनाएको छ ।

यस्तै अख्तरले विश्वमा नाम चलेका ठुला अन्य खेलाडीसँग समेत ईपीएलका लागि कुरा भईरहेको बताए । ‘अन्य ठुला खेलाडीसँग पनि कुरा हुँदैछ,’ अख्तरले थपे, ‘पक्का भएपछि केहि दिनमा अझै ठुला खेलाडीको नाम सार्वजनिक हुनेछ ।’ चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्