Logo

फौजमा १४,६२९ महिला



कखरा संवाददाता


१९ पुस, काठमाडौं । नेपाल प्रहरीमा विशिष्ट श्रेणीमा पुग्न महिलालाई ६३ वर्ष लाग्यो । गत वर्ष प्राविधिक सेवा ९स्वास्थ्य०बाट डा। दुर्गा थापाले प्रहरीको पहिलो एआइजीको रेकर्ड आफ्नो नाममा लेखाइन् ।

तर अब प्रहरीका उच्च पदमा पुग्न वर्षौ कुर्नु पर्ने अवस्था छैन । डा थापाको अवकाश लगत्तै प्रहरीले दोस्रो महिला डिआइजी पाउँदैछ । केही दिनअघि मात्रै डिआइजी डा आशा सिंहलाई एआइजी बढुवाको लागि सिफारिस गरिएको छ ।

प्राविधिक मात्र होइन, प्रशासनतर्फका उच्च पदमा पनि महिलाको संख्या बढेको छ । हाल नेपाल प्रहरीमा चार जना महिला एसएसपी छन् ।

नेपाल प्रहरी मात्र होइन, सेना र सशस्त्र प्रहरी बलमा पनि महिलाको सहभागिता उल्लेख्य रुपमा बढ्दैछ । सेनाको इतिहासमै पहिलो पटक गत वर्ष मेजर सुलोचना पौडेलले स्टाफ कजेज उत्तीर्ण गरिन् । नेतृत्व तहमा पुग्न सेनाभित्र स्टाफ एण्ड कमाण्ड कोर्ष अनिवार्य मानिन्छ ।

सशस्त्र प्रहरीमा पनि सिपनयर पदमा महिला संख्या बढेको छ । सेनामा २०१६ साल देखि नै महिलाई भर्ना लिन थालिएको हो तर २०४६ पछि मात्रै संख्या बढ्यो । लमुलुकुको सुरक्षा निकायमा नेपाल प्रहरीमा ६ हजार ६ र ३४, सशस्त्र प्रहरी बलमा २ हजार ९ सय ३३ र सेनामा ५ हजार ६२ महिला छन् । नयाँ पत्रिका दैनिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्