Logo

नेपालका अरु घरेलु लिग खेल्ने विदेशीले इपिएलमा नपाउने



कखरा संवाददाता


१८ पुस, काठमाडौं । एभरेस्ट प्रिमियर लिग–इपीएलका लागि ए श्रेणीका खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजकले बिहीबार १८ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

ए श्रेणीमा पर्ने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करन केसी, शरद भेषावकर, आरिफ शेख, सन्दीप लामिछाने, रोहित पौडेल, ललितनारायण राजबंशी, कुशल भुर्तेल, सुबास खकुरेल, पवन सर्राफ, बसन्त रेग्मी, प्रदीप ऐरी, सुसन भारी, अविनास बोहोरा र सोमपाल कामी रहेका छन् । यी खेलाडीको मात्र खरिद विक्री हुने छ।

पछिल्लो प्रदर्शनका आधारमा खेलाडीको श्रेणी विभाजन गरिएको इपीएल आयोजक जोहरा स्पोर्टसले जनाएको छ। ए श्रेणीका खेलाडीको न्युनतम मुल्य २ लाख रुपैयाँ राखिएको छ ।

ती खेलाडीलाई टिमले जतिपनि पैसा खर्च गरेर किन्न सक्ने र २ लाख रुपैयाँभन्दा बढीको पैसामध्ये ६० प्रतिशत खेलाडीलाई र ४० प्रतिशत सम्बन्धित टिमलाई जाने जनाइएको छ । आफ्ना खेलाडीलाई अन्य टोलीले दिएको उच्चतम मुल्य बराबर तिरेर आफैले पनि राख्न सक्नेछन् ।

प्रतियोगिताको आगामी संस्करण मार्च १४ देखि २८ तारिखसम्म हुँदै छ । आयोजकले विदेशी खेलाडीको हकमा उनिहरुले सम्बन्धित देशको क्रिकेट बोर्डबाट एनओसी लिनुपर्ने र सन् २०१८ यता भएका अन्य नेपाली घरेलु व्यावशायीक क्रिकेट लिग नखेलेको हुनुपर्ने प्रावधान पनि ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्