Logo

अब एटीमबाट दैनिक एक लाख निकाल्‍न पाइने



कखरा संवाददाता


१८ पुस, काठमाडौं । राष्ट्र बैंकले अब ग्राहकहरुलाई दिनमा एक लाख रुपैयाँ निकाल्‍ने मिल्‍ने गरी रकमको सीमा बढाएको छ ।

बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै एटीएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो ।

यसअघि डेबिट कार्डमार्फत निकाल्न पाइने रकमको सीमा ६० मात्रै थियो। यसअघि चिनियाँ ह्याकरको समूहले विभिन्न बैंकको एटीएम प्रयोग गरी रकम चोरेपछि राष्ट्र बैंकले एक लाखको सीमा घटाएर ६० हजार बनाएको थियो । यस्तै अब विद्युतीय माध्यमबाट वालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा राखिने सुरक्षा गार्ड हटाउन निर्देशन पनि दिएको छ । तर सीसीटीभीमार्फत नै एटीएमको गतिविधि निगरानी राखिने छ ।

प्रतिक्रिया दिनुहोस्