Logo

श्रीमतीलाई एकैछिनमा फोन गर्छु भनेका अर्जुन, सधैँका लागि अस्ताए



कखरा संवाददाता


१८ पुस, काठमाडौं । भारतले आफ्नो भूमि मिचेको भनेर नेपालमा चर्को आवाज उठिरहेका बेला भारतकै सीमा रक्षार्थ खटिएका एक नेपालीले ज्यान गुमाएका छन् । जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल मा मंगलबार राति भारतीय र पाकिस्तानी सेनाबीच गोलाबारी हुँदा गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरको मृत्यु भएको हो ।

एकैछिनमा फोन गछु भनेका थिए
अर्जुन थापा मगरलाई सानैदेखि सेनामा भर्ती हुने रहर थियो । भारतीय सेनाको छनोटबाट दुईपल्ट फ्याँकिँदा पनि हिम्मत हारेनन् । तेस्रोचोटिको प्रयासमा लाहुेर बने । गत असारमा बिहे गरेका उनी घर आएर दुई साताअघि फर्किएका थिए । मंगलबार राति श्रीमती सरितासँग फोनमा कुरा गर्दागर्दै अचानक हतासिए र ‘केही बेरपछि कुरा गर्छु’ भन्दै फोन काटे । ‘कुरा गर्दागर्दै आतंकवादी आए फोन राख–राख भन्नुभयो, एकछिनमा यताबाट फोन गर्दा अफ थियो,’ सरिताको भनाइ उद्धृत गर्दै अर्जुनकी भाउजू पर्ने सानु थापाले भनिन् ‘हिजो बिहान उहाँको साथीले एसएमएसबाट ठेगाना माग्नुभयो फोन लाग्दैन किन भनेर सोध्दा नराम्रो घटना छ मात्र भन्नुभयो ।’

सानुका अनुसार परिवारजनले साथी र सेनाको अफिसमा फोन गर्दा घटना भएको छ भन्ने मात्र जानकारी गराइएको थियो । ‘पछि बडी लिन आउनुहुन्छ कि के गर्नुहुन्छ रु’ भनेर उतैबाट फोन आयो । अर्जुनको मृत्युको खबर पाएपछि उनका बुबा कृष्ण, श्रीमती सरिता र नातेदारसहित पाँच जना बुधबार साँझ झापाको काँकडभिटुटातिर लागेका छन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्