Logo

अस्पतालको लापरबाही : घुँडा दुखेको औषधिले मिर्गौला बिग्रियो



कखरा संवाददाता


१८ पुस, काठमाडौं । घुँडा दुखेर उपचार गराउन अस्पताल पुगेकी एक महिलालाई डाक्टरले दिएको औषधिको असरले मिर्गौलामा खराबी देखिएपछि पीडित परिवारले अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ ।

झापा चारआली नगरपालिका– १३ की सुनम गौतमको मिर्गौलामा खराबी देखिएपछि पीडित परिवार यतिबेला चिन्ताग्रस्त छ ।

झापा बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा घुँडाको उपचार गराएकी सुनमको उपचार यतिबेला काठमाडौं मेडिकल कलेजमा भइरहेको छ । ‘अवस्था क्रिटिकल नै छ । मिर्गौलामा असर देखिएको छ,’ सुनमका जेठा छोराले भने । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्