Logo

पूर्वगृह राज्यमन्त्री कँडेलसँग भारतीय ‘प्यान कार्ड’



कखरा संवाददाता


१३ पुस, काठमाडौं । पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलसँग भारतीय ‘प्यान कार्ड’ समेत रहेको रहस्य खुलेको छ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य कँडेल भारतीय नागरिक रहेको भनेर विवाद भइरहेको छ । उनीसँग भारतीय नागरिकता रहेको सार्वजनिक भइसकेको छ ।

कांग्रेसभित्र प्रभावशाली नेताका रुपमा चिनिएका कँडेलले आफूसँग भारतीय नागरिकता नभएको दाबी गरिरहेको बेला उनको नाममा ‘प्यान कार्ड’ समेत रहेको भेटिएको हो । कँडेलले भारतीय नागरिककै हैसियतमा ‘प्यान कार्ड’ लिएका छन् । उनको नाममा भारत सरकारले जारी गरेको DTIPK 99953 नम्बरको ‘प्यान कार्ड’ छ ।

कँडेलले भारतीय आयकर ऐन, १९६१ अनुसार ४९ ए क्याटगोरीको ‘प्यान कार्ड’ लिएका लिएका हुन् । यो क्याटगोरीको कार्ड भारतीयको बिशेषाधिकार हो । गैर भारतीयले मात्र होइन भारतीय मूलका विदेशीले पनि यो क्याटगोरीको कार्ड पाउँदैनन् । उनीहरुका नाममा ४९ एए अनुसारका ‘प्यान कार्ड’ मात्र जारी गरिन्छ । त्यति मात्र होइन, भनरतीय आयकर विभागमा सुरक्षित कँडेलको फाइलमा इन्डियन सिटजन फ्ल्याग’ पनि उल्लेख छ ।

आफूले भारतीय नागरिकको कागजात बनाएको कँडेललाई थाहा छ । त्यसैले उनी संयमित छन् तर कांग्रेसकै केही केन्द्रीय नेताले भने कँडेलप्रति अति विश्वास देखाउँदै उनीबारे यसअघि प्रकाशित भएका समाचारप्रति विश्वास गरेका छैनन् । नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्