Logo

निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा प्रचण्ड



कखरा संवाददाता


१२ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छ्न् ।

शुक्रबार बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने बताए । ‘रङ्गशालाको कामले गति लिएकामा उत्साहित भएको छु, समयमै सम्पन्‍न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ’, उनले भने ।

दाहालले रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने बताए । रङ्गशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकामा आफू खुशी भएको उहाँले प्रतिक्रिया दिए । सबै जिल्लामा सहयोग समिति गठन गरेर रङ्गशाला निर्माणमा सहयोग जुटाउन अध्यक्ष प्रचण्डले आग्रह गरे । उनले सबै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न पनि आह्वान गरे ।

त्यस अवसरमा धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराए। त्यस अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायत पनि थिए ।

प्रतिक्रिया दिनुहोस्