Logo

खरिद निमावलीमा ८ महिनामा ४ पटक संशोधन



कखरा संवाददाता


१२ पुस, काठमाडौं । सरकारले रुग्ण आयोजना सम्पन्न गर्न एक वर्षको म्याद थप गर्ने भएको छ । सार्वजनिक खरिद नियमावली ८ महिनामा ४ पटक संशोधन गर्दै सरकारले रुग्ण आयोजनाका लागि एक वर्ष म्याद थपेको हो ।

नवौं संशोधनमा २ वटा व्यवस्था परिवर्तन गरिएको छ । आठौं संशोधनमा २०७६ जेठ २३ गतेसम्म म्याद सकिएका आयोजनाका हकमा १५ दिनभित्र निवेदन दिएर म्याद थप्न सकिने व्यवस्था थियो । त्यो समयमा म्याद थपको लागि निवेदन पर्न नसेकेका आयोजनाका लागि एक वर्षको म्याद थप गर्ने व्यवस्था गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार मुलुकभर १८ सय ४८ आयोजनाको म्याद सकिएको छ । ती आयोजनाको दायित्व ८ खर्ब रुपैयाँ भन्दा बढी छ । नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्