Logo

केन र अलीको गोलमा टोट्टनहाम विजयी



कखरा संवाददाता


११ पुस, काठमाडौं । ह्यारी केन र डेल अलीले गोल गरेपछि टोट्टनहाम इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी भएको छ । बिहिबार भएको खेलमा टोट्टनहामले ब्राइटनलाई २–१ गोलले हरायो ।

टोट्टनहामले पुनरागमन जित निकालेको हो । खेलमा पहिलो गोल ब्राइटनले गरेको थियो । ३७औं मिनेटमा आडाम वेस्टरले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए ।

त्यसपछि टोट्टनहामले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ५३ औं मिनेटमा हेरी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७२औं मिनेटमा डेल अलीले गोल गर्दै घरेलु मैदानमा टोट्टनहामलाई रोचक जित दिलाए ।

जितसँगै १९ खेलबाट २९ अंक बनाएको टोट्टनहाम पाँचौ स्थानमा उक्लिएको छ । २० अंक बनाएको ब्राइटन १५औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्