Logo

इनारमा खसेकी महिलाको उद्दार



कखरा संवाददाता


११ पुस, काठमाडौं । महानगरिय प्रहरी परिसर भक्तपुरको टोलीले इनारमा खसेकी एक महिलाको जीवितै उद्दार गरेको छ ।

बिहीबार बिहान भक्तपुर नगरपालिका(९ दत्तात्रयस्थित करिब ३० फिट गहिरो इनारमा खसेकी ५४ वर्षीया रत्नमाया मानन्धरको उद्दार गरिएको भक्तपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कुमारविक्रम थापाले जानकारी दिनुभएको छ ।

इनारबाट उद्दार गरिएपछि मानन्धरको पाटन अस्पतालमा उपचार भइरहेको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्