Logo

बलि दिन भारत लैजाँदै गरेकी युवतीको उद्धार



कखरा संवाददाता


११ पुस, काठमाडौं । ‘आकर्षक तथा सर्लक्क परेको जीउढाल र गहुंँगोरो वर्ण’ भएकी युवतीलाई मोडलिङमा रमाउने सपना जाग्नु स्वाभविक नै हो । राजधानीको एउटा कलेजमा स्नातक तहमा अध्ययनरत एक युवतीकी ६ फिट अग्लो उचाइले मोडेलको परिचय दिन्थ्यो ।

त्यही सपना पूरा गर्ने प्रलोभनमा फसेकी ती युवती ठूलो दुर्घटना हुनबाट जोगिएको जानकारीमा आएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले भारत विहारको एक मन्दिरमा नरबलि दिन लैजाँदै गरेको अवस्थामा ती युवतीको विराटनगरबाट उद्धार गरिएको दाबी गर्नुभयो ।

युवतीलाई मोडलिङको प्रलोभन देखाइए नरबलिको लागि काठमाडौंबाट विराटनगर र विराटनगरबाट भारतको विहारमा लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको हो । युवतीलाई नरबलि दिन भारत लैर्जाने कार्यमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपुर कावासोतीका हुप्सेकोटका २६ वर्षीय कृण तामाङ, सप्तरी राजविराजका ४० वर्र्षीय उमेश साह, दाङ घोराहीकी २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरी सप्तकोशीका ३५ वर्षीय उमेश माझी, मोरङ विराटनगरका ५१ वर्षीय दिलीप पोदार, धादिङ सनियावासकी २३ वर्षीया पेमा तामाङ र सुनसरी गढी मधेलीकी २७ वर्षीय रंजितकुमार चौधरी छन् । गोरखापत्र दैनिकमा प्रकासित छ ।

प्रतिक्रिया दिनुहोस्