Logo

भारतकी चर्चित गायिका आशा भोस्ले नेपालमा



कखरा संवाददाता


१० पुस, काठमाडौं । भारतकी चर्चित गायिका आशा भोस्ले नेपाल आइपुगेकी छिन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भोस्ले बुधबार नेपाल आएकी हुन् ।

भोस्लेले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा तीनचार वटा गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । ‘उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ’, मोक्तानले भने ।

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, ईन्द्रजीत मिजारलगायतका कलाकार नेपाल आइसकेका छन्। असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ।

उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसंगीतमाठूलो योगदान दिएकी छन्।

‘नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ’, मोक्तानले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्