Logo

कहाँ पुग्यो चित्रबहादुर केसीविरुद्धको छानबिन ?



कखरा संवाददाता


१० पुस, काठमाडौं । जेठा छोराीका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोराका सन्तान बनाएर जापान पठाउन कागजात बनाउन संलग्न देखिएका पूर्वप्रधानमन्त्री चित्रहादुर केसीको अपराधबारे छानबिन गर्न बनेको समितिले छिटो काम नहुनुमा कागजात बनाउन संलग्न कर्मचारीको अवकाशले अप्ठेरो पारेको जनाएको छ ।

२०७६ असोज ६ गते बागलुङ जिल्ला प्रशासन कार्यालयले प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तको नेतृत्वमा प्रशासकीय अधिकृत केशव लामिछाने, नासु विष्णुप्रसाद सम्मिलित समितिले काम गरिरहेको छ ।

संयोजक पन्तका अनुसार जिल्लाबाट वडामा पत्र गएपछि वडाले पनि नाबालिग परिचयपत्र बनाउन संलग्न व्यक्ति, निजका बुवाआमा र नाता प्रमाणित गराउनेलाई पत्र काटिइसकिएको छ । नेता प्रमाणित गराउने कर्मचारीसँग सम्पर्क हुन समस्या भएको पन्तले बताए । यो खबर आज बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकले छापेको छ ।

‘राहदानी बनाएको हुँदा अभिलेखमा पनि खोज्ने काम भइरहेको छ,’ पन्तले भने, ‘संलग्न व्यक्तिहरू सम्पर्कमा आएपछि उनीहरूसँग विवरण लिने काम सुरु हुन्छ।’ गएको असोज ६ गते सांसद केसीको गैरकानुनी कार्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले समिति बनाएको छ।

प्रतिक्रिया दिनुहोस्