Logo

राष्ट्रपति भण्डारीसँग भारतीय राजदूतको बिदाइ भेट



कखरा संवाददाता


९ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनले बिदाइ भेट गरेका थिए। भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध, पारस्परिक साझेदारी र सहकार्य लगायत समसामयिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई स्नेहोपहार पनि प्रदान गरेका थिए। दुवै भेटमा राजदूत पुरीका साथ उनीकी श्रीमती पनि थिइन् । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि राजदूत पुरीले बिदाइ भेट गरेका थिए । सन् २०१७ को २६ मार्चदेखि भारतीय राजदूतको रुपमा सेवा गरेका उनी १ जनवरी २०२० मा स्वदेश फर्कँदै छन् ।

प्रतिक्रिया दिनुहोस्