Logo

‘विज्ञापन बिना मिडिया चल्न सक्दैनन्’



कखरा संवाददाता


९ पुस, काठमाडौं । नेपाल विज्ञापन संघका अध्यक्ष शशी रिजालले भोलिको दिन विज्ञापनका लागि स्वर्णीम रहने बताएका छन्।

सुनसरीको इटहरीमा मंगलबार नेपाल विज्ञापन संघ प्रदेश एकद्वारा आयोजित कार्यक्रममा अध्यक्ष रिजालले विज्ञापनका लागि मिडिया हाउसहरु संस्थागत हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा समाचार मात्र मिडिया नभएको बताउँदै अध्यक्ष रिजालले विज्ञापन नै मिडिया भएको बताए। उनले भने, ‘विज्ञापन बिना मिडियालाई चल्नका लागि गाह्रो छ।’

कार्यक्रममा विज्ञापन संघ प्रदेश एकका संयोजक पवन विवश अधिकारीले विज्ञापनले मिडिया हाउस सञ्चालन हुने र व्यवसायलाई फाइदा हुने भएकाले यसलाई सहयोगको रुपमा मात्र नभई व्यवसायको रुपमा बुझ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रदेश एकका विभिन्न जिल्लाबाट रेडियो,टेलिभिजन,अनलाइन एवम् विज्ञापन एजेन्सीहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्