Logo

सबै स्थानीय तहका लेखा प्रणाली ‘ह्याक’ !



कखरा संवाददाता


९ पुस, काठमाडौं । देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सुत्र लामो समयदेखि बिग्रिएको छ । सम्बद्ध अधिकारीहरुले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन् । यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन् ।

महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन सुत्र को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ । सार्वजिनक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले २०७५–०७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सुत्र कार्यान्वयनमा ल्याएको थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार रातिदेखि सर्भर ‘ह्याक’ भएको छ । केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको जानकारी दिएका छन् । अन्नपूर्ण पोस्ट् दैनिके खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्