Logo

बिग बासमा सन्दीपको टोली मेलबर्न विजयी



कखरा संवाददाता


५ पुस, एजेन्सी । अस्ट्रेलियन बिग बास टी–२० लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङ गरेको मेनबर्नले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको ब्रिसबेन निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४५ रनमा समेटिएको थियो ।

ब्रिसबेनका लागि टोम ब्यान्टोनले सर्वाधिक ६४ रन बनाए । म्याट रेन्सले ३९ रन बनाएका थिए । मेलबर्नका लागि सन्दीपले एक विकेट लिए । आडम जाम्पाले तीन विकेट लिए । हरिस रौफ र ड्यानिएल वोरलले दुई दुई विकेट लिएका थिए ।

यसअघि मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ८३ रन बनाएका थिए । पिटर ह्यान्डस्कम्बले २०, हिल्टन कोर्टराइटले १८ र बेन डंकले ११ रन बनाए । ब्रिसबेनका लागि प्रयोग गरिएका ६ नै जना बलरले एकएक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्