Logo

बारम्बारको दुर्घटना– ‘शवको बिस्कुन’



कखरा संवाददाता


५ पुस, काठमाडौं । बारम्बार हुने सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दो छ । विगत पाँच वर्षमा सवारी दुर्घटनामा १२ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त सवारी दुर्घटनासम्बन्धी आर्थिक वर्ष २०७०/२०७१ देखि आर्थिक वर्ष २०७५/२०७६ को तथ्याङ्कबाट सो कुरा स्पष्ट हुन्छ । आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ८७ वटा सवारी दुर्घटनामा परी दुई हजार एकसय ६० जनाको मृत्यु भएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७०/०७१ मा १६ हजार सात सय दुर्घटना हुँदा एक हजार सातसय ८७ जनाको मृत्यु भएको थियो भने नौ हजार चारसय ६० जना गम्भीर र तीन हजार दुई सयजना सामान्य घाइते भएका छन् ।

पाँच वर्षको अवधिमा साना–ठूला गरी ८४ हजार छसय ३६ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी करीब १२ हजार तीनसय ७८ले ज्यान गुमाएको तथ्याङ्कबाट स्पष्ट हुन्छ । गोरखापत्र दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्