Logo

बिजुली किन्ने प्रस्ताव बांग्लादेशद्वारा अनुमोदन



कखरा संवाददाता


५ पुस, काठमाडौं । बांग्लादेश सरकारको सार्वजनिक खरिद समितिले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने पाँच सय मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

बांग्लादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमलको अध्यक्षतामा बसेको समितिको बैठकले बिजुली खरिद गर्ने प्रस्ताव पारित गरेको हो । नौ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माण गर्ने जिम्मा जिएमआरले पाएको छ ।

जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडका आयोजना प्रमुख केके शर्माले बिजुली खरिद गर्ने प्रस्ताव अनुमोदन भएसँगै अबको पाँच साताभित्रै लटेर अफ इन्टेन्ड जारी हुने बताए । नागरिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्