Logo

३ लाख पैसा उठाउन कोठा नम्बर ४०४ मा बन्धक !



कखरा संवाददाता


५ पुस, काठमाडौं । सामाखुसीको रुपादेवी विश्वकर्मा शनिबार छोराछोरी र भान्जीलाई डेरामा छाडेर पोखरा गएकी थिइन् । आफन्तको रेखदेखमा छाडेका बालबच्चा सोमबार अपहरणमा परेको खबर पाएपछि उनले प्रहरीमा खबर गरिन् ।

घटनाका मुख्य योजनाकार आशिष सिजापति मकवानपुरबाट पक्राउ परे तर अर्के अपहरण घटनामा । प्रहरीका अनुसार उनले रामेछाप दोरम्बा गाउँपालिकाका नशेर थापा मगरलाई अपहरण गरी मकवानपुर पुर्याएका थिए । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्ष (डीएसपी) होविन्द्र बोगटीका अनुसार सिजापतिकै योजनामा तीन बालबालिका र एक युवक अपहरणमा परेका थिए ।

‘हामी टोखामा भएको बालबालिकाका अपहरणबारे अनुसन्धान गर्दै थियौँ’ डीएसपी बोगटीले भने, मकवानपुर प्रहरीले मुख्य योजनाकार सिजापतिलाई अर्कै अपहरण घटनामा पक्राउ गर्‍यो ।’

प्रहरीले अपहृर चारै जनालाई सकुशल उद्दार गरेको छ । दवै घटनामा संलग्न ६ जना अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार विश्वकर्मासँग सिजपपतिको आर्थिक लेनदेन थियो । सहज रुपमा पैसा नपाउने भएपछि उनले विश्वकर्माका बच्चलाई अपहरण गर्ने योजना बनाएका थिए ।

विश्वकर्मा पोखरा गएको मौकामा उनले स्कुल जान लागेका बच्चहरुलाई ‘ममीले तिमीहरुलाई होटलमा लगी राख्नु भन्नुभएको छ ’ भनेर टोरातिर लगे । उनले बालबालिकालाई त्यहाँको शान्ति टोलस्थित एक होटलको कोठा नम्बर ४०४ मा बन्धक बनाएका थिए । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्